दफा ३८
दण्ड सजाय
(१) दफा ३३ वा ३५ … … … को उल्लङ्घन गरी कुनै जग्गावालाले मोहीबाट कुनै रकम कलम उठाएको ठहरेमा तोकिएको अधिकारीले सो उठाएको रकम मोहीलाई भराई दिई जग्गावालालाई विगो बमोजिम जरिवाना समेत गर्न सक्नेछ ।
(२) दफा ३४ को उल्लङ्घन गरी कुनै जग्गावालाले मोहीलाई रसीद नदिएमा तोकिएको अधिकारी, अदालत वा गाउँपालिका वा नगरपालिका ले निजलाई रु. ५००।– पाँचसयसम्म जरिवाना गर्न सक्नेछ ।
(३) दफा ३७ को उल्लङ्घन गरी कुनै जग्गावालाले मोहीलाई कुनै काम लगाएको ठहरेमा गाउँपालिका वा नगरपालिकाले स्थानीय दरले दिइने मजुरीको दोब्बर मजुरी सो जग्गावालाबाट मोहीलाई भराई दिनुपर्छ ।
(३क) दफा ३७ को उल्लङ्घन गरी कुनै जग्गावालाले मोहीबाट कुनै रकम कलम उठाएको ठहरेमा तोकिएको अधिकारी, अदालत वा गाउँपालिका वा नगरपालिकाले सो उठाएको रकम मोहीलाई भराई दिई जग्गावालालाई बिगो बमोजिम जरिवाना समेत गर्न सक्नेछ ।
(४) माथि उपदफाहरूमा लेखिए देखि बाहेक यस परिच्छेदको उल्लङ्घन गरी अन्य कुनै काम कुरा गर्ने व्यक्तिलाई तोकिएको अधिकारी, अदालत वा गाउँपालिका वा नगरपालिकाले रु. १००।– एक सयसम्म जरिवाना गर्न सक्नेछ ।